+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विराटनगरमा केसलिया करिडोर निर्माणको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते २०:२३

२२ साउन, विराटनगर । प्रदेश र संघ सरकारको लागतमा विराटनगरको केसलिया खोला आसपास व्युटिफिकेशनसहितको करिडोर निर्माण गरिने भएको छ ।

सोमबार विराटनगरमा भएको कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नदीबाटै नागरिकको आर्थिक अवस्थालाई चलायमान बनाउनका साथै नदी शौन्दर्यकरणका लागि आयोजना सञ्चालन गरिने बताए ।

कार्यक्रमको अध्यक्ष समेत रहेका मन्त्री कार्कीले वृहत् विराट क्षेत्रको अवधारणा अनुसार कार्यान्वयन हुने गरी केशलिया कोरिडोर निर्माण गरिने बताए ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले परियोजनालाई सम्पन्न बनाउन प्रदेश सरकार लागि पर्ने बताए । करिडोर निर्माणका लागि १४ अर्ब खर्च लाग्ने अनुमान छ ।

आर्थिक वर्षको बजेटमा सहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत संघीय तथा प्रदेश सरकारले केसलिया कोरिडोर निर्माणको प्रकृया सुरु गर्न बजेट विनियोजन गरेको थियो ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष पूर्ण लोक्सम, प्रदेश सचिव, विराटनगर महानगरका मेयर नागेश कोइराला, सुनसरी तथा मोरङका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगाएर सरोकारवाल निकायका प्रमुखका प्रतिनिधिको सहभागिता रहेको थियो ।

नदी क्षेत्रमा गएर गरिएको अनुसन्धानबाट कोरिडोर निर्माण गर्दाका हुने फाइदा र चुनौतीका बारेमा विज्ञहरू डा. महेन्द्र सुब्बा, प्रशान्त मल्ल तथा जेनी श्रेष्ठले अध्ययन प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?