+
+

सिर्जनशील लघुवित्तले पायो आईपीओ खुला गर्ने अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १६:४०

२४ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिर्जनशील लघुवित्तलाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने अनुमति दिएको छ । सोमबार बसेको बोर्ड बैठकले कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृत प्रदान गरेको हो ।

कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्ने स्वीकृत प्रदान गरेको हो ।

कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?