+
+

टीएमएस कारोबारको भुक्तानी ‘आईएमई पे’बाट गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १२:५८

काठमाडौं । सेयर लगानीकर्ताले अब टीएमएस कारोबारको भुक्तानी आईएमई पेमार्फत गर्न सकिने भएको छ ।

लगानीकर्ताले सेयर खरिद गरेबापत ब्रोकरलाई भुक्तानी गर्न र सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न आईएमई पे प्रयोग गर्न सक्नेछन् । यो सुबिधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको र आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएको छ ।

टीएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आईएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने विश्वास कम्पनीको छ ।

भुक्तानी सेवा प्रदायक कम्पनी टीएमएसमा जोडिनुले नेपालको सेयर बजारलाई डिजिटलाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले बताए ।

यो भुक्तानी रियल–टाइममा हुने भएकोले ब्रोकर तथा सेयर लगानीकर्ता दुवैले ढुक्क भएर कारोबार गर्न सक्नु उनले बताए । यो सुविधा प्रयोग गर्ने सेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शुल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?