+
+
Shares

रामपुर कृषि क्याम्पसमा अनसनरत विद्यार्थी नेतामाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग

क्याम्पस प्रमुखलाई बर्खास्त गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १३:५७

२५ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ त्रिवि समितिले रामपुर कृषि क्याम्पसमा अनसरत विद्यार्थी नेताहरुमाथि कुटपिट गर्न निर्देशन दिने क्याम्पस प्रमुखलाई बर्खास्त गर्न माग गरेको छ ।

बुधबार नेविसंघका त्रिवि समितिले त्रिभुवन विश्वविद्यलयको उपकुलपतिको कार्यलयमा ध्यानाकर्षण पत्र बुझाउँदै क्याम्पस प्रमुखलाई कारबाही गर्न माग गरेको हो ।

कार्यबाहक सभापति गणेश ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘… रामपुर कृषि क्याम्पस, चितवनमा भएर गैर कानुनी क्‍याम्पस प्रमुख नियुक्तिको विरुद्धमा योग्य र सक्षम व्‍यक्ति नियुक्त गर्नुपर्छ भन्दै आन्दोलनरत नेविसंघका विद्यार्थी नेताहरु सुरज यादव, आशिष देवकोटालाई क्याम्पस परिसर भित्रै क्‍याम्पस प्रमुखको निर्देशनमा विद्यार्थी साथीहरुमाथि अराजक व्‍यक्तिहरुबाट भएको हमलाको जति निन्दा गरे पनि कम हुन्छ।’

साथै समितिले घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्नसमेत माग गरेका छन् ।

हेर्नुस् विज्ञप्ति 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?