+
+

राष्ट्रिय गौरवका आयोजना महत्वको आधारमा छनोट हुनुपर्छ : तिमिल्सिना

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १४:३५
फाइल तस्वीर

२५ साउन, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्नेमा जोड दिएका छन् । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिंदा लाभ लिनबाट नागरिक वञ्चित हुनुपरेको बताए ।

मेलम्ची खानेपानी आयोजनाको काम समयमै नसकिंदा स्वच्छ खानेपानीबाट नागरिक वञ्चित हुनुपरेको उनले बताए । आयोजना ढिलो हुँदा लागत बढ्ने र जसले सरकारलाई आर्थिक भार थपिन जाने भन्दै तोकिएकै समयमा आयोजना सक्नुपर्ने उनले बताए ।

राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा, निश्चित अर्थ र महत्वका आधारमा छनोट हुनुपर्ने उनले बताए । राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री, अर्थमन्त्री वा अन्य मन्त्री र सरकारको पहुँचमा रहेका नेताहरुको मन परेको योजनालाई बनाउन नहुने उनको भनाइ थियो ।

उनले भने, ‘कुनै कुनै आयोजना जति छिटो सक्छौं, त्यति राज्यले प्रतिफल पाउँछ । कुनैपनि आयोजना ढिला हुँदा लागत बढीहाल्छ । त्यसको लाभ हामीले ढिलो गरेर लिन्छौं ।’

अध्यक्ष तिमिल्सिनाले समयमै योजनाहरुको काम सकिएको छ वा छैन भन्ने बारेमा समितिले निगरानी बढाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?