+
+

बागमती प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १९:४१

२६ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयको माग अनुसार आर्थिक बर्ष ०७९÷०८० का लागि मेडिकल अधिकृत, नर्स, फार्मेसी अधिकृत, ल्यावको जनशक्ति, सवारी चालक लगायतको दरबन्दी स्वीकृत भएको हो ।

मन्त्रीपरिषद्बाट स्वास्थ्य मन्त्रालयमा ६ जना, स्वास्थ्य निर्देशनालयमा १६ जना, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ जना, जनस्वास्थ्य प्रयोगशालामा १३ जना, स्वास्थ्य तालिम केन्द्रमा २ जना, आयुर्वेद औषधी उत्पादन केन्द्रमा १६ जनाको दरबन्दी स्वीकृत भएको छ ।

यसैगरी, प्रदेश अस्पतालमा स्तरोन्नती भएका ५ सहित १३ अस्पतालका लागि ४ सय ६९ जना, १३ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका लागि ५४ जना र १३ वटा स्वास्थ्य कार्यालयका लागि ४९ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको स्वास्थ्य मन्त्री निमा लामाले जानकारी दिए ।

स्वीकृत दरबन्दीमा करारमार्फत जनशक्ति परिपूर्ति भएपछि प्रदेशको स्वास्थ्य सेवा थप प्रभावकारी हुने उनले बताए । दरबन्दी स्वीकृत भएपछि स्वास्थ्य इकाईहरुमा स्वास्थ्य समस्याको पहिचान, परीक्षण, निदान, रोकथाम र नियन्त्रणको काममा टेवा पुग्ने उनको भनाई छ ।

उनले चालु आर्थिक बर्षका लागि स्वीकृत दरबन्दीबाट प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव केही हदसम्म कम हुने र गुणस्तरीय सेवा प्रवाहमा मद्धत पुग्ने बताए ।

स्वीकृत दरबन्दी अनुसार पदपूर्तिको काम छिटै अघि बढ्ने मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा सधैं नियमित र विपदका लागि तयारी अवस्थामा रहनुपर्ने भएकाले स्वीकृत दरबन्दी अनुसार पदपूर्तिलाई तिब्रता दिईने मन्त्रालयका सचिव बद्री बहादुर खड्काले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?