
२६ साउन, काठमाडौं । सरकार र उद्योग वाणिज्य महासंघ बीच आर्थिक रुपान्तरणका लागि सरकारी निजी साझेदारी अभियानमा हस्ताक्षर भएको छ ।
बिहीबार राजधानीमा आयाेजित एक कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र महासंघ बीच समझदारी पत्रमा हस्ताक्षर भएको हाे । अभियानको समझदारी पत्रमा महासंघका अध्यक्ष शेखर गाेल्छा र उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट सहसचिव गाेविन्दबहादुर कार्कीले हस्ताक्षर गरे ।
समझदारी अघि अभियानबारे प्रष्ट्याउँदै महासंघका अध्यक्ष शेखर गाेल्छाले निजी क्षेत्रले सम्मान पूर्वक उद्योग र व्यापार गर्ने वातावरण बन्न याे अभियान महत्त्वपूर्ण हुने बताए ।
‘निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार तयार छ’
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार निजी क्षेत्रसँग सम्पूर्ण विश्वास र जिम्मेवारीका साथ मिलेर काम गर्न तयार रहेको बताए ।
मन्त्रालय र महासंघबीच भएको समझदारीले मुलुककाे आर्थिक र औद्याेगिक वातावरण विकासमा याेगदान पुर्याउने उनको भनाइ छ ।
समझदारीले निर्देशक समिति बनाएर सरकारसँग सहकार्य गर्दै नयाँ परिणाम निकाल्ने गरी काम अघि बढ्ने विश्वास मन्त्री बडूले व्यक्त गरे ।
प्रतिक्रिया 4