+
+

विश्वप्रकाशको उम्मेदवारी झापा १ कि काठमाडौं ५ बाट ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते १२:२१

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा–१ वा काठमाडौं–५ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् ।

झापा १ मा अघिल्लोपटक माओवादी केन्द्रका राम कार्की निर्वाचित भएका थिए । शर्माले झापा १ नै रोजे भने कार्कीलाई अन्य क्षेत्र गठबन्धनले छुट्याउने तयारी गरिएको छ । ‘कांग्रेस महामन्त्री नै त्यही क्षेत्रबाट उठ्छु भन्नु भयो भने राम कार्कीलाई अर्को क्षेत्र छुट्याउने तयारी भएको छ ।’ कांग्रेसका एक शीर्ष तहका नेताले भने, ‘राम कार्कीलाई रामेछापको चर्चा पनि भएको छ ।’ शर्माले अन्यत्र रोजे भने त्यहाँ गठबन्धनबाट अर्को उम्मेदवार बन्नेछन् ।

शर्माले काठमाडौं–५ मा पनि इच्छा देखाएको उनी निकट एक नेताले जानकारी दिए । काठमाडौं ५ मा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र नैनसिंह महरले पनि रुचि देखाएका छन् । शर्माले काठमाडौं–५ मा उठ्ने निर्णय गरे भने पौडेल वा महर पछि हट्नुपर्दछ । ‘विश्व दाइको पहिलो रोजाइ गृह क्षेत्र झापा १ नै हो । काठमाडौं ५ बाट उठ्नुपर्छ भनि उहाँ माथि दबाब पनि आउन थालेको छ,’ शर्मा निकट एक नेताले भने ।

२०७४ को चुनावमा यो क्षेत्रबाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जितेका थिए । सो निर्वाचनमा कांग्रेस नेता डा. प्रकाशशरण महतलाई एमालेका पोखरेलले हराएका थिए । महतले प्रतिस्पर्धा गर्नुअघि यस क्षेत्रमा नेता नरहरि आचार्यले पोखरेललाई हराएका थिए ।

एमालेका ‘हेभिवेट’लाई पराजित गर्न कांग्रेसबाट पनि ‘हेभिवेट’ नै उम्मेवार उठाउनका लागि शर्माको नाम उक्त क्षेत्रमा चर्चा चलेको छ ।

झापा १ र काठमाडौं ५ दुबै क्षेत्रमा गत निर्वाचनमा एमाले पहिलो शक्ति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?