+
+

यूईएफए वर्ष खेलाडीको मनोनयनमा बेन्जिमा, कोर्तवा र डे ब्रुएना

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते १८:३५

२७ साउन, काठमाडौं । यूईएफए वर्ष खेलाडीको मनोनयनमा रियल मड्रिडका दुई र म्यानचेष्टर सिटीका एक खेलाडी परेका छन् ।

युरोपियन फुटबल सर्वोच्च निकाय यूईएफएले शुक्रबार अन्तिम तीन जनाको मनोनयन सार्वजनिक गरेको हो । जसमा रियलबाट फरवार्ड करिम बेन्जिमा र गोलकिपर थिबाउट कोर्तवा तथा सिटीबाट मिडफिल्डर केभिन डे ब्रुएना समावेश छन् ।

कोर्तवा र डे ब्रुएना दुवै बेल्जियमका हुन् । बेन्जिमा र कवर्तवाले गत सिजन रियल मड्रिडबाट च्याम्पियन्स लिग जितेका थिए । साथै ला लिगा पनि जितेका थिए । बेन्जिमाले च्याम्पियन्स लिगमा १५ गोल गरेका थिए ।

ब्रुएनाले सिटीबाट प्रिमियर लिग जित्दै लिगको उत्कृष्ट खेलाडी समेत बनेका थिए ।

आगामी अगष्ट २५ मा टर्केको इस्तानबुलमा हुने युइएफए च्याम्पियन्स लिगको समूह चरणको ड्रका अवसरमा विजेताको घोषणा गरिनेछ ।

यूईएफएको प्राविधिक अध्ययन समूहले सुरुमा १५ खेलाडीको नाम छनोट गर्नेछ र त्यसबाट जुरीले अन्तिम तीन जनाको मनोनयन तयार गर्नेछ ।

प्रशिक्षकतर्फ रियलकै कार्लो एन्सेलोट्टी, सिटीका पेप ग्वार्डिओला र लिभरपुलका योर्गन क्लोप अन्तिम तीनमा परेका छन् । एन्सेलोट्टीको प्रशिक्षणमा रियलले च्याम्पियन्स लिग र ला लिगा जितेको थियो ।

ग्वार्डिओलाको सिटीले प्रिमियर लिग जितेको थियो भने क्लोपको प्रशिक्षणमा लिभरपुलले एफए कप र लिग कप जितेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?