+
+

प्रतिनिधिसभा निर्वाचनमा चितवन-२ बाट कृषि विज्ञ पौडेलको दावी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते १८:२१

२८ साउन, काठमाडौं । कृषि विज्ञ कृष्णप्रसाद पौडेलले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार दावी गरेका छन् । उनले शनिबार पत्रकार सम्मेलन गरी उम्मेदवारको आकांक्षी रहेको जानकारी गराएका छन् ।

कृति, प्रविधि र प्रवृत्तिमा आएको फेरबदलका कारण बहुसंख्यक जनसमुदायको जीवनका सबै आयामका संकट गहिरिदै गएको भन्दै उनले देशमा भइरहेको बेथिती र कुशासनले यो संकट अझै चुलिने संकेत देखा परेको बताएका छन् । ‘यसै पृष्ठभूमिमा मैले आगामी सङ्घीय संसदीय निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिस्पर्धा गर्ने सोच बनाएको छु’ उनले भनेका छन् ।

कृत्रिम रसायन र घातक विषको अन्धाधुन्ध प्रयोगले माटो र मानव स्वास्थ्य सबैभन्दी संकटमा परेको, विषादी र कंक्रिटले आफ्नो उत्पादनशील जमिन ध्वस्त पार्दै खाद्यान्न आयातमा निर्भर हुनुपरेको पौडेलले बताएका छन् । यो अवस्थालाई फेर्न राजनैतिक पुनर्जागरण र प्रकृतिको पुनरुत्थान सँगसँगै गर्नु अनिवार्य रहेको बताउने पौडेलले भनेका छन्, ‘यसका लागि राजनैतिक पुनर्जागरण र प्रकृतिको पुनर्जीवनका लागि स्पष्ट दूरदृष्टि दिने, नीतिगत निर्माण, अनुगमन र पृष्ठपोषण गर्ने मुख्य थलो संघीय संसद् प्रभावकारी बनाउनु पर्नेछ ।’

आफू ४ दशकदेखि राजनैतिक आन्दोलनमा सक्रिय राजनीति कर्मी रहेको र २०३६ सालदेखिका सबै राजनीतिक आन्दोलन र यसका उपलव्धि रक्षाका लागि निष्ठापूर्वक सक्दो योगदान पुर्‍याएको उनले उल्लेख गरेका छन् । ‘म आफ्नो दक्षताको विषय र त्यसमा जनसरोकारको अन्तर्सम्बन्ध बुझ्न सक्छु । सङ्घीय संसद जस्तो नीतिनिर्णयको थलोमा योगदान गर्न आफुलाई सक्षम ठान्दछु र यसका लागि प्रतिबद्ध छु’ पौडेलले भनेका छन् ।

नेकपा एमालेमा संगठित पौडेलले आफ्नो आकांक्षाबारे पार्टीलाई जानकारी गराएको बताएका छन् ।

पौडेलले माटो विषमुक्त राख्ने र मानव स्वास्थ्य जोगाउने, खाना र खेतीपाती सपार्ने, स्थानीयतामा आधारित प्रकृतिसम्मत विकासमा जोड दिने, प्रशासनिक नेतृत्वको पुनर्गठनको आवश्यकताको बहस र पहल गर्ने र राजनीतिक नेतृत्वमा युवा हस्तक्षेपका लागि सहजीकरण गर्ने आफ्नो नीति रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?