+
+

मधेश सरकारको जनकपुरधाम केन्द्रित आन्दोलन औचित्यहीन : लोसपा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १५:५४
जितेन्द्र सोनल ।

२९ साउन, जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेश सरकारले सुरु गरेको आन्दोलनलाई मधेश प्रदेशको प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले औचित्यहीन बताएको छ ।

लोसपाले प्रहरी समायोजन कार्यान्वयनको जिम्मा बोकेका नेपाल सरकारलाई जनकपुरधाममा धर्ना बसेर दबाव दिन नसकिने बताएको छ ।

लोसपाका संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष जितेन्द्र सोनल सर्वसम्मतले प्रहरी समायोजन विधेयक पारित भएपछि यसको कार्यान्वयनको जिम्मा नेपाल सरकारको भएको अनलाइनखबरसँग बताए । यहाँ आन्दोलन गरेर केहि नहुने र समायोजन रोकेका नेपाल सरकारलाई दबाव दिन काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपर्ने उनको भनाइ छ ।

‘प्रदेशमा जति दल सरकारमा सहभागी छन्, ती दल त केन्द्रीय सरकारमा पनि छन्’ उनी भन्छन्, ‘उनको साथमा गएर न आन्दोलन गर्ने हो । प्रदेशमा सबै त सरकारकै साथमा छ । यहाँ आन्दोलन गरेर के मिल्छ ? हामीलाई त नेपाल सरकारको विरुद्धमा आन्दोलन गर्नुछ ।’

प्रदेशमा गरिएको आन्दोलनको कुनै औचित्य नरहेको भन्दै उनी आन्दोलन काठमाडौं केन्द्रीत गर्नुपर्ने बताउँछन् । ‘नेपाल सरकारमाथि दबाव बनाउन काठमाडौं केन्द्रीत आन्दोलन भए त्यसमा प्रतिपक्षी दलको पनि भूमिका हुन्छ’ उनी भन्छन्, ‘यसो भए हाम्रो पनि सकृय सहभागिता रहन्छ । होइन भने प्रदेश सभामा यहाँ बसेर गर्ने आन्दोलनको कुनै औचित्य छैन् ।’

संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले आइतबारदेखि जनकपुरधाममा धर्ना दिन सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?