+
+

भुवन केसीको नियुक्तिबारे सर्वोच्चले माग्यो लिखित जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १७:२६

३० साउन, काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग गरेको छ ।

सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग लिखित जवाफ माग गरेको हो ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै अध्यक्षका दाबेदार नरेश पौडेलसहित ५ जनाले गत शुक्रबार रिट दिएका थिए । उनीहरुले केसीलाई अध्यक्ष पदमा रही कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश पनि माग गरेका थिए ।

तर सर्वोच्च अदालतले अन्तरिम आदेशबारे छलफलका लागि भदौ २ गते बिहीबार दुबै पक्षलाई बोलाएको रिट निवेदकतर्फबाट बहस गरेका कानुन व्यवसायी अधिवक्ता सूर्यबहादुर पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?