
काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापतको ३० लाख रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ ।
सर्वश्रेष्ठ बचत खाता खोलेका तीन जना ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि पीडितका परिवारलाई १० लाख रुपैयाँका दरले बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ ।
बैंकका अनुसार दुर्घटनामा परी मृत्यु भएका शिवप्रसाद सुवेदीकी श्रीमती लक्ष्मी ढकाल, टंक प्रसाद घिमिरेकी श्रीमती डिलीमै घिमिरे र ज्ञानबहादुर चौधरीकी श्रीमती अनिता चौधरीलाई १०/१० लाख रुपैयाँ बीमा वापतको रकम भुक्तानी गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4