+
+

लेखा समितिको सभापति विपक्षीलाई दिनेमा एमालेले प्रश्‍न उठायो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १२:०५

३१ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले संसदीय व्यवस्थालाई चुनौती दिइरहेको टिप्पणी गरेको छ ।

बुधबार एमालेका तर्फबाट प्रतिनिधिसभामा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले बोल्दै सार्वजनिक लेखा समितिको सभापति विपक्षीलाई दिने सन्दर्भमा सभामुखको समेत भूमिका नदेखिएको भनी प्रश्न गरेकी छन् ।

‘सार्वजनिक लेखा समितिले संसदीय अभयासलाई चुनौती दिइरहेको छ । प्रमुख प्रतिपक्षी दललाई दिइन्छ भन्ने कुरा सभामुखले नै बिर्सनुभयो कि ’ तपाईंको भूमिका खै ?’ तुम्बाहाम्फेले भनिन् ।

लेखा समितिको सभापति विपक्षीलाई दिने सम्बन्र्भमा समस्या उत्पन्न भए समाधान गर्नेमा सभामुखले भूमिका खेल्नुपर्ने र आफुहरुले सभामुखबाट भूमिकाको अपेक्षा गरेको उल्लेख गर्दै उनले थपिन्, ‘तपाईंको भूमिका चाहेका थियौं देखिएन । त्यो समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिइनुपर्छ ।’

संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने गरिन्छ ।यो अभ्यास नेपालले पनि गर्दै आएको छ । तर, कांग्रेस सरकारमा गएको एक बर्ष वितिसक्दा पनि लेखा समितिको सभापतिमा कांग्रेसका भरत शाह छन् । उनले आफ्नो पार्टी सरकारमा गएको एक बर्ष नाघिसक्दा समेत राजीनामा दिएका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?