+
+

विहारका मुख्यमन्त्री नितिशले गरे मन्त्रीमण्डल विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १५:०२

३१ साउन, पटना । मुख्यमन्त्री नितिशकुमारले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रिय जनता दल (आरजेडी)का नेता तेजप्रताप यादव, उक्त दलका चार जना विधायकसहित ३१ जना विधायकलाई उनले नयाँ मन्त्रिपरिषद्मा सामेल गरेका छन् ।

आरजेडी, जनता दल युनाइडेट (जेएलडी)लगायत विभिन्न पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका नीतिशकुमारको उपस्थितिमा आज राज्यपालले नयाँ मन्त्रीहरूलाई शपथ गराए । छत्तीस जनासम्मको मन्त्रिपरिषद् बनाउन सकिने विहारमा मुख्यमन्त्रीले भविष्यमा त्यसलाई अझ विस्तार गर्न केही मन्त्री पद रिक्त राखेका छन् ।

भारतीय जनता पार्टी (भाजपा)सँगको सत्ता साझेदारी त्यागेर आरजेडी, जेएलडी, अन्य साना दल र स्वतन्त्र विधायकहरूको समर्थनमा यसै महिनाको प्रारम्भमा नीतिश कुमारले आगामी बुधबार विहार विधानसभामा बहुमत साबित गर्ने सम्भावना छ ।

सन् २०२० को विधानसभा निर्वाचनमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले एक सय २५ सिट जितेको थियो भने भाजपाले ७४, नीतिशकुमारको जनता दल (युनाइटेड) ले ४३, विकासशील इन्सान पार्टीले चार र हिन्दुस्तान अवाम पार्टी (धर्मनिरपेक्ष) चार सिट जितेको थियो । एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?