+
+

आयल निगमको दावी : एक वर्षमा ५० अर्ब घाटा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १८:३२

३१ साउन, काठमाडौं । गत आर्थिक वर्षमा अहिलेसम्मकै ठूलो घाटा व्यहोर्नु परेको नेपाल आयल निगमले दाबी गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आर्थिक वर्ष २०७८/७९ मा निगमले ५० अर्ब रुपैयाँ घाटा व्यहोरेको दावी गरे ।

‘निगमको अन्तिम लेखा परीक्षण गर्न बाँकी रहे पनि गत वर्षको घाटा मोटामोटी ५० अर्ब रुपैयाँ पुगेको छ,’ थानीले भने, ‘जसमध्ये १७ अर्ब रुपैयाँ हामीले विभिन्न स्रोत र मौज्दातबाट मिलान गर्‍यौं । बाँकी त बक्यौता र बैंक ऋण नै छ ।’

आव २०७८/७९ मा नेपालले ३ खर्ब १० अर्बको पेट्रोलियम कारोबार गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा दोब्बर बढी हो । आव २०७७/७८ मा निगमले १ खर्ब ५८ अर्बको पेट्रोलियम पदार्थ खरिद गरेको थियो ।

आव २०७७/७८ मा निगमले ४ अर्ब घाटा व्यहोरेको थियो । त्यस अघि निगम १३ अर्ब रुपैयाँ नाफामा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?