+
+

चुनावबाट राप्रपा एउटा शक्तिका रुपमा स्थापित हुन्छ : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते २०:०५

३१ साउन, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ४ मंसिरको चुनावबाट आफ्नो दल बलियो शक्तिको रुपमा स्थापित हुने दावी गरेका छन् ।

मंगलबार पोखरामा आयोजित पार्टीको कार्यक्रममा उनले चुनावमा कति सिट आउँछ भन्ने दावी गर्न नसके पनि बलियो शक्तिको रुपमा स्थापित हुने दावी गरे ।

देशैभरि राप्रपाप्रति जनताको अपेक्षा र आकर्षण बढिरहेकाले यो चुनावबाट राप्रपालाई कसैले छेक्न नसक्ने उनको जिकिर छ । उनले चुनावमा नेकपा एमालेसँग तालमेल हुने सम्भावना रहेको पनि बताए । एमालेसँग गठबन्धन गर्ने निर्णय भइनसके पनि अरु दलको तालमेल भइसकेकाले बढी सम्भावना एमालेसँगै भएको अध्यक्ष लिङ्देनको भनाइ छ ।

उनले अहिलेको निर्वाचन प्रणाली देशले धान्न नसक्ने भन्दै यस्तो प्रणालीले देशमा भ्रष्टाचार अन्त्य नगर्ने बताए ।

‘सांसद हुनका लागि मतदाना किन्नुपर्ने, प्रधानमन्त्री हुन सांसद किन्नुपर्ने र प्रधानमन्त्री र मन्त्री भएपछि नीतिगत भ्रस्टाचार गरेर देश लुट्नुपर्ने र अर्को चुनावका लागि खर्च बटुल्नु पर्ने यो व्यवस्था रहेसम्म देशमा न स्थिरता रहन्छ, न देशमा भ्रष्टाचारको अन्य हुन्छ,’ लिङ्देनले भने ।

उनले अब पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने व्यवस्थाका निम्ति राप्रपाले पहल गरेको पनि बताए ।

संघीयता नामप्रति कुनै आपत्ति नरहेको तर ३ तहको सरकार देशले धान्न नसक्ने उनको भनाइ थियो । संघीयताको नाममा ३ सरकार, यति धेरै जनप्रतिनिधि ऋण काढेर पाल्नु परिरहेको र यो देशले अब नसक्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?