+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

यस्ता छन् नेपाली चियाबारे भारतीय सांसदका ११ आरोप

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ भदौ १ गते १७:४०
इलामको चिया बगान । फाइल तस्वीर

१ भदौ, काठमाडौं । भारतका सांसदहरुले नेपालको चिया गुणस्तरहीन भएको आरोप लगाएका छन् । भारतीय संसदको एक समितिले नेपालमा उत्पादन हुने चिया सस्तो र गुणस्तरहीन भएको भन्दै नेपाली चियाको आयात रोक्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ । भारतका दुई वटा सदनका ३० जना सांसद सहभागी एक समितिले सरकारलाई प्रतिवेदन बुझाएको हो ।

उक्त प्रतिवेदन गत असार एक (१५ जुन, २०२२) मा भारतको राज्य सभा र लोक सभामा पेश भएको छ । सांसद विजयसाई रेड्डीले नेतृत्व गरेको समितिको प्रतिवेदनको सम्पूर्ण विषय र निर्देशन नेपाली चिया रोक्नुमा केन्द्रित छ । नेपाली चियामा भारतीय सांसदले लगाएका ११ आरोप यस्ता छन् –

  • नेपालको सस्तो र गुणस्तरहीन चिया आयातका कारण विश्वको एक मात्र उत्कृष्ट दार्जिलिङ चियालाई असर परिरहेको छ । भारतको कुल चिया उत्पादनको झण्डै २ प्रतिशत हाराहारी चिया यहाँका छिमेकी मुलुकबाट आयात हुने चार वर्षको आयातको विवरणले देखाउँछ । जसमा कुल आयातको आधा हिस्सा नेपालले ओगट्छ ।
  • सन् २०२१ को ११ महिनामा भारतका छिमेकी मुलुकहरुबाट २ करोड २९ लाख ४० हजार किलो हाराहारी चिया आयात भएको छ । जसमध्ये त्यसको ५० प्रतिशत हिस्सा नेपालको छ । गत वर्ष पनि यो समयमा यस्तै परिमाणमा चिया नेपालबाट आएको थियो । नेपालबाट आएकामध्ये धेरै मात्रामा चिया सस्तो र गुणस्तरहीन छन् । त्यसलाई भारत ल्याएर यहाँको चर्चित ब्रान्ड भारतीय, दार्जिलिङ र आसाम ब्रान्डमा विश्व बजारमा पठाउने काम भइरहेको छ । यसले विश्व बजारमा भारतीय चियाको छवि धमिलो बनाएको छ ।
  • भारतमा चियासँग सरोकार राख्ने विभिन्न संघ संस्थाले संसदीय समितिलाई नेपालबाट आयात हुने सस्तो र गुणस्तरहीन चियाको परिमाण धेरै भएको बताएको प्रतिवेदनमा उल्लेख छ । जसअनुसार आर्थिक वर्ष भारतको सन् २०१३/०१४ देखि सन् २०१८.१९ सम्म एक करोडदेखि एक करोड २० लाख किलोसम्म औसत चिया भारत भित्रिएको उल्लेख छ ।
  • नेपालको सस्तो र कम गुणस्तरको चियाका कारण भारतको राम्रो दार्जिलिङ चिया विश्व बजारमा अलोकप्रिय हुँदैछ । राम्रो मूल्य र बजार भएको चिया र यसबाट हुने आम्दानी भारतीय चियाका उद्योगी व्यपारीले नपार्नु राम्रो होइन । अझ भारतले कुल आयात गर्ने चियाको आधा हिस्सा नेपाली हुनु यसलाई बल पुर्याउनु हो ।
  • नेपाल–भारत व्यापार सन्धिको संशोधनमा आधारभूत भन्सार शुल्क वा परिमाणात्मक बन्देज लगाउन सकिने पारस्परिक सहमति भएको छ । जसअनुसार नेपालको चियालाई यस्तो उपचार गर्नु पर्ने छ ।
  • नेपालको चिया भारत सरकारले विना कुनै भन्सार शुल्क आयात हुन दिइरहेको छ । जबकी भारतको चिया नेपालमा निर्यात गर्न उसले ४० प्रतिशत भन्सार लगाएको छ । नेपालले विभेदकारी नीति लिंदा यसमा भारत चुप बस्नु हुँदैन ।
  • नेपालबाट भारतमा आयात हुने चियालाई एउटै नाकाबाट मात्रै आयातको प्रतिबन्ध गरिनु पर्छ । ती चियाहरुमा अनिवार्य गुणस्तर मापन र स्यानिटरी तथा फाइटो स्यािनटरी परीक्षण भन्सार बिन्दुमै गरिनु पर्छ । नेपालबाट कस्ता चिया आयात गर्ने भन्नेमा भारतले मापदण्ड बनाउनु पर्छ ।
  • नेपालबाट आयात गरिने चियामा न्यूनतम् आयात मूल्य तोकिनु पर्छ । भारतीय चियाको सुरक्षाका लागि नेपालबाट आउने चियाका लागि एन्टी डम्पिङ भन्सार शुल्क वा एक सय प्रतिशतसम्म आयात भन्सार शुल्क लगाउन जरुरी छ ।
  • भारतको दार्जिलिङ चिया भौगोलिक परिचय संकेत प्राप्त चिया भएको र यसको ख्यातीलाई प्रयोग गरेर अन्य चियाले बजार विगारेको हुन सक्ने देखिन्छ । तसर्थ, नेपाल लगायतका मुलुकबाट भारत तथा विश्व बजारमा जाने चियामा चिया कन्ट्री अफ ओरिजिन (उत्पत्तिको प्रमाण पत्र) निवार्य गरिनु पर्छ । यस्तो प्रमाणपत्र होलसेलदेखि खुद्रा र अन्तर्राष्ट्रिय बजारमा पनि हुनुपर्छ ।
  • प्रिमियम दार्जिलिङ चिया बचाउन, भारतको चिया र उद्योगी तथा किसान बचाउन नेपालको सस्तो र गुणस्तरहीन चिया आयात रोक्न कडा र उपयुक्त नीति लिनु जरुरी छ ।
  • भारतको अन्तर्राष्ट्रिय व्यापार महानिर्देशनालयले नेपाली चियालाई रोक्ने सम्बन्धमा थप अनुसन्धान गरिनु पर्छ र नेपाल भारत व्यापार सन्धिको बार्तामा पनि कडाइका साथ भारतले उठाउनु पर्छ ।

भारतको संसदमा बुझाइएको प्रतिदेवेखनबारे भारत सरकारले अहिलेसम्म कुनै निर्णय भने गरेको छैन । तर, जुनसुकै बेला भारतले यस्तो निर्णय गर्न सक्ने भन्दै नेपाली चिया उत्पादक र व्यवसायीहरु भने त्रासमा छन् । उनीहरुले भारतसँग कूटनीतिक रुपमा पहल थाल्न आग्रह पनि गरिसकेका छन् । नेपालले भारतमा वार्षिक ५ अर्ब हारहारीको सवा एक करोड किलो हाराहारी चिया निर्यात गर्ने गरेको नेपाल चिया उत्पादक संघले जनाएको छ ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?