+

कसरी प्रयोग गर्ने महिनावारी कप ?

२०७९ भदौ  १ गते १४:४२ २०७९ भदौ १ गते १४:४२
Shares
कसरी प्रयोग गर्ने महिनावारी कप ?

काठमाडौं । महिनावारी कप कसरी लगाउने ? यसले कुनै हानी गर्छ कि ? रगत भरिएको कसरी थाहा पाउने ? भित्रै अड्किने पो हो कि ? धेरैको चासो र जिज्ञासा छ ।

किनभने अहिले महिनावारीको बेला कप लगाउने क्रम सुरु भएको छ । यो सेनिटरी प्याडको विकल्पमा प्रयोग हुन थालेको हो । तर सेनिटरी प्याडमा अभ्यस्त महिलाहरु हत्तपत्त यो कप लगाउन हच्किन्छन् । किनभने झट्ट हेर्दा यो असजिलो र झन्झटिलो देखिन्छ ।

जब कि, प्रयोगकर्ताहरुले यसलाई अरु बढी प्रभावकारी, सहज र टिकाउ भनिरहेका छन् । वास्तवमा महिनावारी कप कति उपयोगी र प्रभावकारी छ त ? यसै विषयमा केन्द्रित रहेर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कुमकुम झासँग सुमित्रा लुइटेलले गरेको कुराकानी :

महिनावारी कप कसरी प्रयोग गर्ने ?

सबैभन्दा पहिले आफूलाई कुन आकारको कप ठीक हुन्छ, त्यही आकारको कप खरिद गर्नुपर्छ । कपलाई प्रयोग गर्नुभन्दा अघि साबुनपानीले राम्ररी हात धुनुपर्छ । यो कप एकदमै नरम हुने भएकाले यसलाई दोब्राएर योनीभित्र छिराउन सकिन्छ ।

कपलाई ‘सी’ आकारमा पट्याएर प्रयोग गरिन्छ । तर कप प्रयोग गर्नुअघि त्यो सफा र सुक्खा हुनुपर्छ । कपलाई दोब्राएर वा ‘सी’ आकारमा पट्याएर योनीभित्र राखेर पाठेघरको मुखमा अड्काउनुपर्छ । त्यसपछि त्यो आफैं खुल्छ र रगत नचुहिने गरी सिल गरेर बस्छ । सिल हटाउनका लागि चाहिं कपको तलको भाग हल्लाउनुपर्छ र तान्नुपर्छ । यसको प्रयोग गर्न सुरुसुरुमा अनौठो वा अप्ठ्यारो लागे पनि पछि बानी पर्दै गए पछि सजिलो हुन्छ ।

यो कति प्रभावकारी हुन्छ ?

महिनावारी कपलाई राम्ररी प्रयोग गर्न सक्यो भने यो एकदमै प्रभावकारी हुन्छ । यो कप प्रयोग गर्न एकदमै सहज छ । रगत लिग भएर कपडामा लाग्ने समस्या हुँदैन । प्याडको एलर्जी हुनेहरूको लागि त यो झन् प्रभावकारी हुन्छ । एकपटक किनेपछि यसलाई पुनः प्रयोग गर्न पनि सकिने भयो । एकदेखि दुई वर्षसम्म प्रयोग गर्न मिल्ने भएकाले प्याड भन्दा सस्तो पनि पर्ने भयो ।

यो कप प्रयोग गर्दा कुनै साइड इफेक्ट हुन्छ ?

कपको प्रयोग गर्दा यदि हामीले हाइजिन मेनटेन गरेनौं भने इन्फेक्सन हुने सम्भावना हुन्छ । त्यसैले प्रत्येक पटक कप प्रयोग गर्नुअघि साबुनपानीले राम्ररी हात धुने र कपलाई पनि राम्ररी सफा गर्नुपर्छ ।

यो कपमा रगत भरिएपछि कसरी परिवर्तन गर्ने ?

कपमा ब्लड भरिएपछि कपको टुप्पोमा समातेर कपलाई बिस्तारै निकाल्नुपर्छ । झ्वाट्ट तान्नु हुँदैन यसो गर्दा पीडा हुन सक्छ । त्यसैले कपको टुप्पोमा समातेर बिस्तारै घुमाउँदै घुमाउँदै  तानेर निकाल्नुपर्छ । आफूलाई कुन पोजिसनमा बसेर कप निकाल्न सहज हुन्छ, त्यसरी निकाल्दा झन् सजिलै निस्कन्छ । त्यो भरिएको कपलाई सफा गरेर फेरि प्रयोग गर्न सकिन्छ ।

यो कप भित्रै अड्किने हुँदैन ?

कहिलेकाहीं यो कप भित्रै अड्किने समस्या पनि हुन सक्छ । त्यस्तो समस्या लिएर केही अस्पताल पनि आउँछन् । कपको पोजिसन बिग्रेर त्यस्तो समस्या हुन सक्छ । कपको टुप्पा हातले भेटिएन भने त्यो पाठेघरमा अड्किएको हुन सक्छ । त्यस्तो समस्या भएको खण्डमा धेरै नआत्तिकन अस्पताल जानुपर्छ, डराउनुपर्दैन । चिकित्सकको सहयोगमा यसलाई निकाल्न सकिन्छ ।

यो कप लगाएको बेला पिसाब फेर्न सकिन्छ ?

यो कप लगाएको बेला सजिलै पिसाब फेर्न सकिन्छ । पाठेघरको मुख र पिसाब फेर्ने नली फरक–फरक हुन्छ । पिसाबको नलीमाथि हुन्छ र पाठेघरको मुख तलपट्टि हुन्छ । त्यसैले महिनावारी कप लगाएको समयमा पनि पिसाब फेर्न अप्ठ्यारो हुँदैन ।

कप प्रयोग गरिसकेपछि कसरी राख्ने ?

महिनावारी कप प्रत्येक ८ देखि १२ घण्टामा खाली गर्नुपर्छ । रगतले कप भरिएपछि यसलाई पखालेर पुनः प्रयोग गर्न सकिन्छ । महिनावारी सकिएपछि यो कपमा भएको कीटाणु मार्न पाँचदेखि १० मिनेटसम्म तातोपानीमा उमाल्नुपर्छ । यसरी उमालेर सफा गरेर सुख्खा बनाएर राखेको कप अर्को महिनावारीमा पुनः प्रयोग गर्न सकिन्छ ।

मूल्य कति पर्छ ?

एउटा मिन्सुरेसन कपको मूल्य ८ सयदेखि १५ सय रुपैयाँसम्म पर्न आउँछ । जुन प्याड भन्दा धेरै महंगो हो । तर यो प्रत्येक महिना पुनः प्रयोग गर्न सकिन्छ र १ देखि २ वर्षसम्म पुग्छ । त्यसैले लामो समयलाई हेर्ने हो भने आर्थिक रूपमा यो निकै सस्तो र प्रभावकारी हुन्छ ।

भविष्यमा यो कपले स्यानिटरी प्याडलाई  प्रतिस्थापन गर्न सक्छ ?

अवश्य पनि सक्छ । सहरी क्षेत्रमा बस्नेहरूका लागि पो प्याड किन्न सहज छ । घर नजिकै पसलमा यो सजिलै पाइन्छ । तर गाउँघरमा जुन ठाउँमा एउटा सानो सामान किन्न पनि धेरै हिंड्नुपर्छ, त्यस्तो ठाउँमा यो कप झन् उपयोगी हुन्छ ।

कसरी प्रयोग गर्ने र कसरी सरसफाइ गर्ने भन्ने ज्ञान महिलाहरूलाई दिन सकियो भने प्याडको सट्टामा यसको प्रयोग बढ्न सक्छ ।

यसको प्रयोगले कुमारीत्वमा कुनै असर गर्छ ?

यसको प्रयोग योनीभित्र छिराएर गरिने भएकाले यसले कुमारीत्वमा असर गर्छ कि भनेर प्रयोग गर्न हिच्किचाउनेको संख्या पनि थुप्रै छ । यसको प्रयोगले कुमारीत्वमा कुनै पनि असर गर्दैन ।

पुनः प्रयोग गर्न मिल्ने, वातावरणमैत्री, लामो समयसम्म टिक्ने र आर्थिक रूपले किफायती भएकाले पछिल्लो समयमा महिनावारी कप धेरैको रोजाइमा परेको छ ।

तस्वीर-भिडियो : शंकर गिरी 

महिनावारी कप
डा. कुमकुम झा
लेखक
डा. कुमकुम झा
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३५२६ अध्ययन : एमबीबीएस, एमडी र एमएस हाल काठमाडौं थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल र त्रिपुरेश्वरस्थित ब्लुबर्ड इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?