+
+

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त कोटेश्वरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १८:१०

१ भदौ, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका-७ घर भई हाल काठमाडौंको कोटेश्वर बस्‍ने ३९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी)ले कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ८ दिन कैद सजाय र ४२ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

बुढाथोकीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी सेञ्‍चुरी बैंकको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतको आदेशले डिल्लीबजार कारागार कार्यालय पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?