
काठमाडौं । फिल्म ‘माइकल अधिकारी’को बुधबार बेलुका गोपीकृष्ण मल्टिप्लेक्समा प्रिमियर गरिएको छ । शुक्रबार रिलिज हुने फिल्मको प्रिमियरमा फिल्मकर्मीदेखि राजनीतिज्ञसम्म सहभागी रहे ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गीतकार तथा चिकित्सक भोला रिजाल, गायक आनन्द कार्की लगायत प्रिमियरमा सहभागी भए । फिल्मका कलाकारहरु सौगात मल्ल, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधरदेखि निर्माता नीरक पौडेल प्रिमियरमा थिए ।
सरोगेसीको कथा प्रस्तुत गर्ने फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् । राप्रपा नेता समेत रहेका फिल्मकर्मी उद्धव पौडेलको प्रस्तुति रहेको ‘माइकल अधिकारी’ शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुँदैछ । शुक्रबार यो फिल्मले अन्य दुई नेपाली फिल्म ‘कृष्णलीला’ र ‘प्रेमगञ्ज’सँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4