
३ भदौ, काठमाडौं । इंग्ल्याण्डका फास्ट बलर स्टुअर्ट ब्रोडले टेष्ट क्रिकेटमा एकै मैदानमा एक सय विकेट लिएका छन् ।
दक्षिण अफ्रिकाविरुद्धको टेस्टको दोस्रो दिन ब्रोडले कायल भेरेयनलाई आउट गर्दै उनी लण्डनस्थित लर्ड्स मैदानमा एक सय विकेट लिने चौथो खेलाडी बनेका हुन् ।
इंग्ल्याण्डका अर्का फास्ट बलर जेम्स एन्डरसनले लर्ड्समा उक्त उपलब्धि हासिल गरिसकेका छन् ।
दोस्रो दिनको समाप्तिमा ३ विकेट लिएका एण्डरसनले लर्ड्समा अहिलेसम्म ११७ विकेट लिइसकेका छन् ।
यस्तै श्रीलंकन लेजेण्ड मुथैया मुरलीधरनले श्रीलंकाको तीनवटा मैदानमा एक सय भन्दा बढी विकेट लिएका छन् भने रंगना हेराथले पनि एक मैदानमा एक सय विकेट लिएका छन् ।
मुरलिधरनले कोलोम्बोस्थित सिन्हालेस स्पोर्ट्स क्लब ग्राउण्डमा १६६, क्यान्डीस्थित अस्गिरिया स्टेडियममा ११७ र गल्लेस्थित गल्ले इन्टरनेशनल स्टेडियममा १११ टेष्ट विकेट लिएका हुन् । हेराथले पनि गल्लेमै १०२ विकेट लिएका थिए ।
टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिनेमा छैटौं स्थानमा रहेका ब्रोडले ५५३ विकेट लिइसकेका छन् ।
तेश्रो स्थानमा रहेका एन्डरसनले ६५८ विकेट लिइसकेका छन् ।
मुरलिधरनले सर्वाधिक ८०० विकेट लिएका छन् भने शेन वार्नले ७०८ विकेट लिएका छन् । भारतका अनिल कुम्बलेले ६१९ विकेट लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4