+
+

मलेसियामा अभिषेक र आशुतोषले जिते तेक्वान्दोमा स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते २०:४०

४ भदौ, काठमाडौं । नेपालका अभिषेक बराल र आशुतोष बरालले मलेसियामा भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

शनिबार भएको खेलमा अभिषेकले पुरुष ८० केजी तौल समूह र आशुतोषले पुरुषकै ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं जुनियर राष्ट्रिय टिम तयारी उपसमितिका संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।

यसैगरी पुरुष ५४ केजी तौल समूहमा पुजन खड्का, ७४ केजीमा सुरज कार्की र पुरुषकै ६८ केजीमा अबास खानले रजत पदक जितेका छन् । यसैगरी महिला ६८ केजी तौल समूहमा पूजा कुँवर, पुरुष ५२ केजीमा अभिषेक डल्लाकोटी, ५५ केजीमा श्रीचन्द्र कार्की, ८७ केजीमाथिको तौल समूहमा अफ्ताव खान र ६८ केजीमा ज्वालासिंह गुरुङले कांस्य पदक जितेका छन् ।

यसअघि शुक्रबार भएको पुम्सेको प्रतिस्पर्धामा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको थियो । नेपालकी रेखमाया गुरुङले महिला ३० देखि ४० वर्ष उमेर समूहमा स्वर्ण पदक जितेकी थिइन् ।

यसैगरी महिलाकै १८ देखि ३० वर्षको समूहमा सन्दीपा अमगाईं, यही समूहको पुरुषमा मोहमद उमर खान र ४० देखि ५० वर्ष उमेर समूहमा रोशन खानले रजत पदक जितेका थिए ।

मलेसियापछि नेपाली खेलाडीले भियतनाममा हुने ११ औं एसियन जुनियर तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । जुनियर तेक्वान्दो च्याम्पियनसिप अगस्ट २५ देखि २७ तारिखसम्म आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?