+
+

सुवास नेम्वाङको क्षेत्रमा सञ्जीव राईले उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १६:०४

५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको क्षेत्रमा नेकपा एकीकृत समाजवादीका तर्फबाट सञ्जीव राईले उम्मेदवारी दिने तयारी गरेका छन् ।

युवा संघ नेपालका केन्द्रीय उपमहासचिव राईले उपाध्यक्ष नेम्वाङले प्रतिस्पर्धा गर्दै आएको  इलाम–२ मा उम्मेदवारी दिने बताएका छन् । ‘..इलाम क्षेत्र नं. २ मा पुरानो र दिग्गजहरुको सम्मान र अवकाश अपरिहार्य छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्रोह सधैं क्रान्तिकारिता र नविनताका लागि हुन्छ ।’

लगातार चुनाव जित्दै आएका नेम्वाङलाई अवकाश दिन उम्मेदवारीको तयारी गरेको उनले उल्लेख गरेका छन् । ‘उम्मेदवारीबारे निर्णय त पार्टीले गर्ने हो, तर चुनावबाटै सुवास नेम्वाङलाई अवकाश दिन तयार छु’, राईले अनलाइनखबरसँग भने ।

इलाम–१ बाट भने पूर्वप्रधानमन्त्री झलनाथ खनालले चुनाव लड्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?