+
+

म्यानचेस्टर युनाइटेडका समर्थकले मालिकको विरोधलाई निरन्तरता दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १७:४४

५ भदौ, काठमाडौं । म्यानचेस्टर युनाइटेडका समर्थकले आइतबार मध्यराति हुने खेलमा पनि मालिकविरुद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।

समर्थकले ओल्ड ट्राफोर्डमा हुने खेलमा ग्लेजर्स परिवार विरुद्ध विरोध गर्ने तयारी गरेका हुन् । म्यानचेस्टर युनाइटेडका मालिक अमेरिकी ग्लेजर्स दाजुभाइलाई युनाइटेड समर्थकले धेरै अघिदेखि मन पराउँदैनन् ।

उनीहरुले धेरै पटक ‘ग्लेजर्स आउट’क्याम्पियन चलाइ सकेका छन् । खेलका बिचमा पनि केही समर्थकले मैदानमा नै उत्रिएर समेत विरोध प्रदर्शन गर्ने गर्छन् । जसका कारण २०२१ मेमा विरोध प्रदर्शनका कारण खेल स्थगित भएको थियोे । केही समर्थक मैदानभित्र नै प्रवेश गरेपछि कोरोना संक्रमणको डरले समेत खेल अघि बढेको थिएन ।

आइतबार मध्यरातिका खेलअघि पनि युनाइटेडका समर्थकले ठूलो विरोध कार्यक्रम गर्ने संकेत पाइएको छ । क्लबलाई फुटबल नभएर व्यापारका लागि प्रयोग गरेको समर्थकहरुको आरोप लगाउँदै आएका छन् । उनीहरुले भनेका छन, ‘माछाको टाउको नै सड्दै गइरहेको छ ।’

मालिक नै नराम्रो भएका कारण मैदानमा प्रदर्शन खस्किएको उनीहरुको आरोप रहेको छ । युनाइटेड समर्थकहरुले क्लब १९९८ र म्यानचेस्टर युनाइटेड सपोटर्स ट्रस्ट(मस्ट)मा पनि यो कुरालाई लिएर सहमति र असहमतिको अवस्था थियो । क्लबका प्रशिक्षक एरिक टेन हागले भने मालिकहरु सधैं टोलीलाई जिताउन लागिरहेको बताए । ‘म यहि भन सक्छु कि मालिकले जित्न चाहन्छन् । र समर्थक, हामी सधैं क्लबकै साथमा रहेको हेर्न चाहन्छौं । अहिले हामी एकीकृत भएर अघि बढ्नुपर्ने समय हो ।’

म्यानचेस्टर युनाइटेडका हालका मालिक अमेरिकी दाजुभाइ जोल ग्लेजर्स र अब्रराम ग्लेजर हुन् । ग्लेजर्स परिवारले सन् २००५ मा ६ अर्ब डलरमा म्यानचेष्टर युनाइटेडको स्वामित्व किनेको थियो । माल्कोम ग्लेजर्सको निधनपछि उनका छोराहरुको स्वामित्वमा क्लब गएको हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?