+
+

प्रयोजन अनुसार लगानी सुनिश्चित भएमात्रै लघुवित्तले कर्जा दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १९:१४

६ भदौ, काठमाडौं । लघुवित्त क्षेत्रको समस्या समाधान गर्न लघुवित्तकर्मीले आफ्ना ग्राहक सदस्यलाई क्षमता, कर्जा सूचना केन्द्रको विवरण तथा नेपाल राष्ट्र बैंकको निर्देशन भित्र रहेर कर्जा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । ऋणीले जुन प्रयोजनका लागि ऋण माग गरेको हो सोही प्रयोजनमा लगानीको सुनिश्चित गरेर मात्र लगानी गर्ने प्रतिवद्धता उनीहरुले जनाएका हुन् ।

काभ्रेको धुलिखेलमा सम्पन्न लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृतहरुको भेलाल नीतिगत र लघुवित्त वित्तीय संस्थाहरु स्वयंको कारणले पनि पछिल्लो समय समस्या सिर्जना भएको भन्दै ८ बुँदे प्रतिवद्धता तथा निर्णय सार्वजनिक गरेका छन् । लघुवित्त संस्थाहरुको पहुँचले समग्र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको तथ्य समय समयमा प्रकाशित विवरणले समेत पुष्टि गरेको भएपनि लघुवित्त क्षेत्र समस्या रहित नभएको र सुधारको थुप्रै आवश्यका र चुनौति रहेको धारणण सार्वजनिक गरेका छन् ।

नेपाल लघुवित्त बैंकर्स संघले गरेको भेलाले ८ बुँदे प्रतिवद्धता तथा निर्णय गर्दै कर्जा लगानी, स्रोत व्यवस्थापन, ब्याजदर लगायतको सम्बन्ध आवशयक सुधारका लागि प्रतिवद्धता जनाएका हुन् ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लघुवित्त क्षेत्रमान कतिपय नीतिगत र कतिपय लघुवित्त संस्था स्वयंका कारणले सिर्जना भएको भन्दै त्यस्ता समस्या पहिचान गरी लघुवित्तसंस्था बीच समान धारण र प्रतिवद्धता सार्वजनिक गरिएको बताउँछन् ।

भेलाले स्रोतको अनिश्चतता, बढ्दो लागत, कर्जाको ब्याजदर सीमा, एउटै ग्राहक सदस्यलाई धेरै संस्थाबाट कर्जा प्रदान, क्षमता भन्दा वढी ऋण प्रदान, वित्तीय साक्षरताको कमी, नकारात्मक प्रचार प्रसार आदि समस्याहरु टड्कारो रुपमा हाल देखा परेका निष्कर्ष निकालेको छ ।

लघुवित्त संस्थाहरुको भूमिका र योगदानलाई नजर अन्दाज गर्दै केही निहित स्वार्थ भएका व्यक्तिहरुले लघुवित्त विरुद्धको संघर्ष समितिको नामबाट समग्र लघुवित्त वित्तीय संस्थाहरु प्रति लगाएको भ्रामक आरोपहरु, अवैधानिक तथा अराजक आन्दोलन प्रति खेद प्रकट गर्ने निर्णय गरेको छ । ग्राहक र संस्थाको बीचमा सुमधुर सम्बन्ध कायम गरी ग्राहक संरक्षणको आधारलाई मुख्य प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरु सदैव दृढ रहने प्रतिबद्धता व्यक्त गर्ने निर्णय गरेको उनले बताए ।

लघुवित्तकर्मीले आधार ब्याजदर (बेस रेट) को आधारमा व्याजदर निर्धारण गर्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै ग्राहक तथा लघुवित्त वित्तीय संस्था दुवैको दीगोपना हुने गरी व्याजदर र सेवा शुल्क निर्धारण गर्नुनपर्ने निर्णय लघुवित्तकर्मीले गरेका छन् ।

हेर्नुहोस् भेलाका निर्णयहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?