+
+

युरोको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते २०:१८

६ भदौ, काठमाडौं । आयोजक युरो स्कुलले युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको छात्रातर्फ विजयी सुरुवात गरेको छ ।

हात्तीगौडास्थित घरेलु कोर्टमा युरोले सेन्ट जोसेफलाई १८–५ ले पराजित गर्‍यो छात्रामै मोर्डन इन्डियन स्कुल (एमआईएस) ले अक्षरालाई ९–६ तथा काष्ठमण्डपले विल्सन एकेडेमीलाई २०–१६ ले हराए ।

छात्रमा संस्कृतिले ड्याफोडिललाई १२–११, एमआईएसले काष्ठमण्डपलाई २७–२४, अक्षराले ड्याफोडिललाई ३०–१६, काठमाडौं वर्ल्ड स्कुलले त्रिज्योतिलाई ४०–२९ र विल्सनले बाबालाई २५–१३ ले पन्छाए ।

प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, युरोकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा अधिकारी र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दासले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगिताको छात्रमा १८ तथा छात्रामा १२ गरी ३० टिमले लिग कम नआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । फाइनल भदौ १३ गते हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?