+
+

फागुन १९ मा सुरक्षा पन्तको ‘बुलाकी’ पनि, तीन प्रतीक्षित फिल्म भिड्ने पक्का

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १४:१७

काठमाडौं । क्यालेन्डरमा रातो रंगमा मिति लेखिएको छ भन्ने प्रष्ट बुझ्नुस्, फिल्म निर्माताले त्यो मितिलाई अग्रिम बुकिङ गरिसकेका छन् । २०७९ सालको मसान्तसम्मै रातो रंगले लेखिएका प्रत्येक मिति बुकिङ भइसकेका छन् ।

भदौ, कात्तिकपछि अब फागुनको पालो । चुनाव र दशैंपछि अब होली र नारी दिवसको छेकोले फागुन ‘प्याक’ हुने देखिएको छ । नारी दिवस र होली पर्वको छेकोमा फागुन १९ गते तीन प्रतीक्षित फिल्म सँगै रिलिज हुने भएका छन् ।

यसअघि उक्त मितिलाई ‘वर एण्ड वधु’ र ‘परस्त्री’ले प्रदर्शन मितिको रुपमा तय गरिसकेका छन् । यो दौडमा थपिएको छ सुरक्षा पन्त स्टारर ‘बुलाकी’ । यो फिल्मले मंगलबार नयाँ पोस्टरसहित रिलिज मिति घोषणा गरेको छ ।

कात्तिक १८ गतेको पूर्वनिर्धारित मिति चुनावको कारणले स्थगित भएपछि ‘बुलाकी’ले फागुनलाई रोजेको हो । फागुनमै ‘छक्कापञ्जा ४’ पनि आउने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?