+
+

विमानस्थलबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १६:४५

७ भदौ, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७७७ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक पश्‍चिम विहारका ३४ वर्षीय विकास महाजन रहेका छन् ।

सारजाह एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीलाई त्रिभुवन विमानस्थल विशेष सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले विकासको साथबाट ७७७ ग्राम तौल बराबरको १ थान सुन र ५ सय दरका भारतीय १९ हजार ५०० रुपैंयाँ बरामद गरेको छ ।

पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौरचणमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?