+
+

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक १२ वर्षका लागि जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते २०:३२

७ भदौ, काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको मुद्दामा १२ वर्षका लागि जेल चलान भएका छन् । उच्च अदालतले पुनरावेदनसम्बन्धी निवेदन खारेज गर्दै रजाकलाई दोषी ठहर गरेको हो ।

यसअघि सन् २०२० को जुलाईमा एक अदालतले उनलाई सरकारी स्वामित्वको स्वास्थ्य कोष वानएमडीबीको रकम हिनामिना लगायतका सातवटा अभियोगमा दोषी ठहर गरेको थियो ।

एसआरसी इन्टरन्याश्नलबाट उनको खातामा ४ करोड २० लाख रिङगिट रकम पठाएको पाइए पनि उनले निरन्तर आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका थिए । ६९ वर्षीय नजिब त्यतिबेला अपीलपछि जमानतमा रिहा भएका थिए ।

अदालतले आफूविरूद्धको आदेश कार्यान्वयनमा ढिलाइ गर्न उनले गरेको अपीललाई पनि अस्वीकार गरदिएको छ ।

उच्च अदालतको पछिल्लो फैसलासँगै उनले १२ वर्ष जेल बिताउनुका साथै २१ करोड रिङ्गिट जरिवाना पनि तिर्नुपर्नेछ ।

कुनै बेला मलेसियाको राजनीतिमा चर्चाको शिखरमा रहेका नजिब मलेसियाका दोस्रा प्रधानमन्त्री अब्दुल रजाकका जेठा छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?