+
+

ओलीलाई राजदूतहरूले सोधे : संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा एमालेले के गर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १६:३८

८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र बेलायतका राजदूत तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले सामुहिक भेट गरेका छन् ।

अमेरिकी राजदूत र्‍याण्डी बेरी, बेलायतका राजदूत निकोला पोलिटसहित अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतले भेटेर ओलीसँग सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधनमा खेल्ने भूमिकाका विषयमा जिज्ञासा राखेका छन् ।

नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धता बमोजिमको व्यवस्था ऐनमा हुनुपर्ने र त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा उनीहरुले जोड दिएका छन् ।

जवाफमा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन निर्माण र संशोधनको काम गर्दा संसदको सम्पूर्ण प्रक्रिया पूरा गरेर गर्नुपर्छ भन्ने एमालेको धारणा रहेको बताए । उनले भने, ‘जिल्ला-जिल्लामा गई पीडितहरूको आवाज सुनेर र प्रक्रिया पु¥याएर अगाडि बढ्नुपर्नेमा सत्ता गठबन्धन आजको आजै, अहिले नै हुनुपर्छ जस्तो ढङ्गले अगाडि बढेको देखिन्छ, त्यस्तो हुन सक्दैन ।’

संक्रमणकालीन न्याय सम्बन्धी विषय सरकार र गठबन्धनमा रहेका दलहरूको मात्र नभई देशकै समस्या भएकाले बहुमत-अल्पमतको आधारभन्दा माथि उठेर एकताका साथ टुङ्याउनुपर्छ भन्ने एमालेको धारणा रहेको अध्यक्ष ओलीले स्पष्ट पारेका एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?