+
+

ट्युनल्यान्ड ई प्लस नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १३:०४

काठमाडौं । फोटोन मोटर्स नेपालले नयाँ संस्करण ट्युनल्यान्ड ई प्लस नेपाली बजारमा ल्याएको छ । नेपालको पिकअप बजारमा सर्वोच्चता प्रदान गर्न सम्पूर्ण नयाँ ट्युनल्यान्ड ई प्लस शक्ति, कार्यक्षमता र विश्वसनीयताको अद्भूत संयोजनसहित पिकअप समूहमा खेल परिवर्तन गर्ने स्तरोन्नतिका साथ नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

अधिक कार्यक्षमताका लागि फोटोन ट्युनल्यान्ड ई प्लस सवारी निर्माण क्षेत्रका केही उल्लेखनीय प्रविधिहरुका साथ सञ्चालन गरिएको कम्पनीले जनाएको छ । स्तरोन्नति पश्चात पिकअपले सम्पूर्ण नयाँ २.० एल इनलाइन, ३६०० आरपीएम १४९.५५ को एक अद्वितीय शक्ति उत्पादन गर्ने तथा १८०० र ३००० आरपीएमको बीच ३२० एनएमको अधिकतम टर्क दिने ४– सिलिन्डरको इन्जिन र ६–स्पिडयुक्त मानवचालित ट्रान्समिसनले यसलाई जुनसुकै किसिमको भूभागको लागि उपयुक्त बनाएको कम्पनीले जनाएको छ ।

ट्युनल्यान्ड ई प्लसमा इलेक्ट्रिक ब्रेक वितरण प्रणाली भएको थप विस्तारित ब्रेकिङ प्रणाली एबीएस पनि रहेको छ । कम्पनीका अनुसार ईबीडी प्रणाली सहितको एबीएसले गाडीको पाङ्ग्रामा भारको परिमाण अनुमान गर्न हरेक पाङ्ग्राको छिटो गति वा ढिलो गतिको जाँच गर्दछ, जसले गर्दा चुनौतीपूर्ण अवस्थामा ब्रेक लगाउनु पर्दा स्टेयरिङ्गलाई बढी नियन्त्रण गर्न सकिन्छ र केही परिस्थितिहरु जस्तै गिलो सडकमा रोक्नको लागि दूरीहरु कम गर्न मद्धत गर्दछ ।

कम्पनीका अनुसार मुख्य-मुख्य स्तरोन्नतिहरुका अतिरिक्त सम्पूर्ण नयाँ शक्तिशाली यो गाडीले १०५० केजीसम्मको भार बहन गर्न सक्ने क्षमता राख्दछ भने यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम भएकोले यो सबै खाले कार्यका लागि एवं नेपाली भौगोलिक बनावट सुहाउँदो साबित भएको छ । यसमा जडान गरिएको उत्कृष्ट टच स्क्रिन रियरभ्यू क्यामेरा एक अर्को नमुनारुपी उपकरण हो, जसले यस शक्तिशाली पिकअपको पछाडिको दृश्यावलोकन गर्न, टक्कर नलाग्ने गरी पछाडि सार्न एवं पार्किङको समयमा आत्मविश्वास जगाउन ठूलो मद्धत पुर्‍याउने कम्पनीको भनाइ छ ।

फोटोन ट्युनल्यान्ड ई प्लस स्पोर्टसले आफ्नो शक्तिशाली बनावटमा धेरै चित्ताकर्षक डिजाइनहरु प्नि प्राप्त गरेको कम्पनीले बताएको छ । अग्र भागको केन्द्रमा फोटोन लोगोयुक्त ठूलो ३ धर्के क्रोम गरिएको ग्रिल राखिएको छ । प्रोजेक्टर हेडल्याम्प र सूचकहरु एउटै हाउजिङ्गमा एकीकृत गरिएका छन् । यसमा थप नयाँ परिवर्तन स्वरुप एलइडि डिआरएलहरु सबै नयाँ राखिएका छन् । पिकअपमा रनिङ बोर्ड, क्ल्याम्पर, एन्टी–रोल ओभर बार र बेड लाइनर लगायतका धेरै उत्कृष्ट उपकरणहरु पनि रहेको कम्पनीले जनाएको छ ।

बिल्कुलै नयाँ फोटोन ई प्लस ग्राहकहरुले चाहे जस्तै शक्ति, कार्य क्षमता र बनावटको एक जोडदार पिकअप भएको कम्पनीले दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?