+
+

बैतडीमा बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा शिक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते २०:२२

९ भदौ, धनगढी । बैतडीमा विद्यालयमै बालिकामाथि जबरजस्तीकरणी गर्ने प्रयास गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

मेलौली नगरपालिका–३ को प्रितीपुर माध्यमिक विद्यालयमा अध्ययनरत अन्दाजी १५ वर्षीया बालिकालाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा शिक्षक ३५ वर्षीय किशोर जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले शिक्षकले बालिकामाथि विद्यालयमै करणी गर्ने प्रयास गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?