+
+
लघुकथा :

मद्दत

राकेश कार्की               राकेश कार्की              
२०७९ भदौ १० गते १२:४२

त्यसपछि उसले फोन उठाउन छाडिदियो। धेरैचोटि फोन गरें, उठाएन । म्यासेज कति लेखें । हेर्थ्यो, जवाफ दिंदैनथ्यो । के भयो त ?

तर फेसबुकमा उसका पोस्टहरु देखेर थाहा हुन्थ्यो उसको सबै कुशल मंगल छ । मसँग मेरै घरमा आएर बिना कुनै समस्याले सुविस्ताले बसेर उसले उसको युनिभर्सिटीको चार वर्षको डिग्री हासिल गरेको थियो । आफूले मीठोमसिनो जस्तो खायो उस्तै ख्वाएकै थिएँ । आफ्नो बित्दाबित्दै उसलाई गाडी चढाएर पुग्नुपर्ने ठाउँमा पुर्‍याएकै थिएँ। उसको निम्ति आफ्नो परवाहै नगरी सबैको साथ सहयोग, अन्नपानीको व्यवस्था र बिरामी भएको बेला अस्पताल उपचार सबै गरिदिएकै थिएँ ।

के यो सबै बालुवामा पानी हाले जस्तो गरेर उसले बिर्सियो त ? जसको निम्ति मैले त्यति धेरै गरें ऊ नै मबाट टाढा हुन खोज्यो त रु मैले त उसलाई भरमग्दुर मद्दत गरेकै थिएँ ।

‘हजूर मामा, म सन्देश बोलेको ।’ एक्कासी एकदिन सुत्न आँटेको बेला उसको फोन आयो । जे होस् धेरैपछि सम्झियो भनेर म खुसीले गद्गद् भएँ ।

‘मामा, मलाई त जागिरबाट लेअफ गर्दियो ।’ ऊ रून्चे स्वरमा गनगन गर्दै थियो ।

‘ए बित्यास परेछ त भान्जाबाबु ।’

मेरो मन खल्लो भएर आयो । आखिर आफ्नै साख्यै भान्जा मलाई माया लागेर आयो । मैले भान्जालाई फेरि आफूसँगै राखेर नयाँ जागिर खोज्न मद्दत गर्नुपर्ने सोच बनाएँ ।

‘यहीं आउन त । मैंकहाँ बसेर जागिर खोज्नु । म छउन्जेल पीर नगर भान्जाबाबु ।’

अब भोलि उसलाई लिन एयरपोर्ट जानु छ, चारै बजे । उसले सस्तो भएकोले सखारैको प्लेनको टिकट काटेको रहेछ । घडीमा तीन बजेको अलार्म लगाएर म सुत्ने प्रयास गरिरहेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?