+
+

माओवादीले कर्णालीका दुई मन्त्रीलाई फिर्ता बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १३:०२

१० भदौ, सुर्खेत । माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ ।

माओवादीले अब जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले भनिन्, ‘मन्त्रीका लागि नाम सिफारिस गरेका छौं । एकाध दिनमा सरकारमा सहभागी हुनुहुन्छ ।’

कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन्, जसमध्ये ९ जना मन्त्री भइसकेका छन् । कृष्णा शाह र रातो कामीलाई पनि पालो पु¥याउन लागिएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?