+
+

टी-२० आईमा वसिरको डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १६:५५
फाइल तस्वीर ।

१० भदौ, काठमाडौं । स्पीन अलराउण्डर वसिर अहमदले टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् । केन्या विरुद्धको दोस्रो खेलमा पहिलो रोजाईँमा पर्दै वसिरले डेब्यु गरेका हुन् ।

पहिलो खेल खेलेको नेपाली टिममा एक परिवर्तन हुँदा वसिरले विवेक यादवको स्थान लिएका हुन् ।

वसिरले असार अन्तिम साता स्कटल्याण्डमा भएको क्रिकेट विश्वकप लिग टु शृंखला अन्तर्गत नामिबिया विरुद्ध खेल्दै एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

नेपालका लागि टी-२० आई खेल्ने वसिर ४२औं खेलाडी हुन् । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । नेपालले केन्या भ्रमणमा पाच टी-२० आई र तीन एकदिवशीय खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?