+
+

बलिउड फिल्म एनिमलको ‘लुक्स’ परीक्षण गर्न मुम्बई उडे विपिन कार्की

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १७:१०
अभिनेता विपिन कार्की । फाइल तस्वीर

काठमाडौं । बलिउड फिल्म एनिमलको लुक्स परीक्षणका लागि अभिनेता विपिन कार्की शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । अपरान्ह ३ बजे एयर इन्डियाको विमानबाट उनी त्यता लागेका हुन् ।

भारत प्रस्थान गर्नुअघि अनलाइनखबरसँग कुरा गर्दै कार्कीले आफू त्यहाँ केही दिन रहने र ‘एनिमल’को लागि लुक टेस्ट गर्ने बताए । शनिबार मुम्बईमा ‘कवीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगालाई भेट्ने योजना रहेको उनले सुनाए ।

उनले गत महिना निर्देशक भांगालाई अडियो संवादसहितको डमी पठाएका थिए, जसलाई निर्माण पक्षले रुचाएको जनाइएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्म फूलबारीको छायांकनबाट समय झिकेर मुम्बई निस्किएकाले उनले ‘एनिमल’का अन्य टिमसँग पनि भेटघाट हुने बताए ।

निर्देशक भांगासँगको भेटपछि मात्र आफूले कहिलेदेखि सुटिङ सेट ज्वाइन गर्ने भन्नेबारे टुंगो लाग्ने उनले बताए । रणवीर कपुर वा अनिल कपुरमध्ये कोहीसँग स्क्रिन सेयर हुने अनुमान उनले गरे ।

‘प्रसाद २’ निर्माताले निर्माता संघ र कलाकार संघमा उजुरी दिएकोबारे सोधिएको प्रश्नमा विपिनले यसबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?