
बा आकाश हुन्
आकाश पनि बेला बखत रुन्छ
आँसु बहाउँछ
तर बा पीडामा पनि आँसु लुकाउँछन्
बा शीतल चाैतारी हुन्
सन्तानहरु गर्मीमा ओत लाग्छन्
र शीतल अनुभूतिसँगै छुटिन्छन्
बा कुरिरहन्छन् सन्तान फर्कने बाटाे
सन्तानकाे सुख खुसीका लागि
बा अथक प्रयास गर्छन्
र छर्छन् घरमा उज्यालाे बत्ती बनेर
बत्ती निभेकाे दशक बढी भाे
आफै बत्ती बनेकाे
आधा दशक भएछ
म बा सम्झिरहेछु ।।
दाजुभाइका बीचमा अंशबन्डा
गर्दा बा कसैका भाग परेनन्
भाग लागेन बाकाे दु:ख
बाले गुनासो गरेनन्
झरेनन् दु:खकाे झरीमा पनि
साेच्छु सन्तानको खुसीका लागि बाले के गरेनन् ?
चिरिएका पैतालासँगै खाली खुट्टाले धर्ती नापे
सामयिक चुनाैतीमा जाँचे आफूलाई ।।
सन्तानको खुसी हेर्दाहेर्दै
आफ्नाे खुसी हेर्न बिर्सेका आँखा
छाेरालाई हसाउँदा हसाउँदै
हाँस्न बिर्सेका ओठ
छाेराकाे भविष्य र चिन्तनले
धर्सा परेका निधार
के बाका नि:स्वार्थ, प्रेमका प्रतीक हाेइनन् ?
समयको भारी उठाएका बा
अथक यात्री हुन्
बा सङ्घर्षका प्रतिमूर्ति हुन् ।।
गोपाल खनाल
तारकेश्वर गापा-१ दाङ्सिङ नुवाकोट
हाल पोखरा -१०
प्रतिक्रिया 4