+
+

केन्या विरुद्ध टस हारेर फिल्डिङमा नेपाल, अर्जुनले गरे डेब्यू

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १६:०५
Photo Credit : CAN
अर्जुन साउदलाई क्याप प्रदान गर्दै कप्तान सन्दीप ।

१२ भदौ, काठमाडौं । केन्या विरुद्धको तेस्रो टी-२० आईमा नेपालले पहिले बलिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखान क्रिकेट मैदानमा हुने खेलमा घरेलु टोली केन्याले टस जितेर ब्याटिङ रोजेको छ ।

नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका अर्जुन साउदले डेब्यु गरेका छन् ।

नियमित विकेटकिपर आसिफ शेखको स्थानमा युवा विकेटकिपर साउद मैदान उत्रिएका हुन् ।

दोस्रो टी-२० आई खेलेका वसिर अहमदको स्थानमा शाहब आलमले खेलेका छन् ।

५ खेलको टी-२० आई शृंखला १-१ को बराबरीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?