+
+

रौतहटबाट २०४ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १४:२२

१३ भदौ, रौतहट । रौतहट प्रहरीले सदरमुकाम गौरबाट २०४ किलो अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

गएराति १ बजेको समयमा गौर-२ बकैया नदीको किनारबाट सो गाँजा बरामद भएको हो ।

अस्थायी प्रहरी पोष्ट महादेवपट्टी र सशस्त्र प्रहरीबल नेपाल वेस क्याम्प गौरबाट खटिएको संयुक्त गस्ती टोलीले सो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

भारततर्फ लैजादै गरेको १७ वटा पोकामा रहेको सो गाँजा सुरक्षाकर्मीलाई देखेपछि तस्कर समुहले फालेर भागेको र उक्त लागु औषध वेवारीसे अवश्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डिएसपी सुनिल मल्लले बताए ।

बरामद भएको गाँजाका बारेमा थप अनुसन्धान भइरहेका डिएसपी मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?