
१३ भदौ, काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई अदालतको अवहेलना मुद्दामा ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।
नर्भिक अस्पतालले नक्सा पास नगरी बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चले दिएको अन्तरकालीन आदेशको विरुद्धमा अभिव्यक्ति दिएपछि अधिवक्ता दीपकराज जोशीले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।
सोमबार न्यायाधीश हरिकृष्ण कार्कीले उक्त निवेदनमाथि सुनुवाइ गर्दै ७ दिनभित्र आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएको हो ।
सर्वोच्चले नर्भिकको संरचना नभत्काउन अन्तरकालीन आदेश दिएपछि बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए ।
हेर्नुहोस् आदेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4