+
+

जनकपुरधामको मेयरमा पराजित साह प्रतिनिधिसभामा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १६:५५

१३ भदौ, जनकपुरधाम । स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित दुई जनालाई जनता समाजवादी पार्टी (जसपा) ले धनुषाबाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा उम्मेदवार सिफारिस गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएका लालकिशोर साह र बलराम महतोको नाम प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस गरेको हो । लालकिशोर जसपाबाटै जनकपुरधामको मेयरका उम्मेदबार बनेका थिए भने स्वतन्त्रबाट उम्मेदवार बनेका महतो भने चुनावपछि जसपामा प्रवेश गरेका हुन् ।

लालकिशोरको नाम क्षेत्र नम्बर ३ बाट तथा बलरामको नाम २ तथा ४ नम्बर क्षेत्रबाट सिफारिस गरिएको छ ।

प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट दीपक कार्की मात्र सिफारिस भएका छन् । २०७४ को चुनावमा कार्की माओवादीका नेता मातृका प्रसाद यादवसँग पराजित भई दोस्रो भएका थिए ।

क्षेत्र नम्बर २ बाट बलराम महतो, गजाधर यादव, सूर्यचन्द्र यादव, देबकृष्ण मण्डल र रामशंकर पासवान गरी ५ जनाको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ३ बाट लालकिशोर साह, जितेन्द्र यादव, विजय भगत र सर्वजीत ठाकुर तथा क्षेत्र नम्बर ४ बाट महाजन यादव र बलराम महतोको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभाका को–को भए सिफारिस ?

प्रदेश सभा १ को ‘क’ मा सुकेश्वर यादव र ब्रहमदेव महतो, ‘ख’ मा सुरेन्द्र कुमार मण्डल, रामनरेश महतो, बेचन महतो र चन्देश्वर महतोलाई सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर २ को ‘क’ मा यसअघि निर्वाचित शैलेन्द्र कुमार यादवसहित अरुणसिंह मण्डल र पशुपति यादवको नाम सिफारिस गरिएको छ भने ‘ख’ मा यसअघि निर्वाचित रामाशिष यादवसहित बरुण कुमार यादव, देबेन्द्र गोइत र रामअशिष रोहिताको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ३ को ‘क’ मा प्रेमचन्द्र झा, जितेन्द्र यादव र अशोक यादव, ‘ख’ मा बिष्णुदेव साह, अम्बु प्रसाद साह र नवीन यादवको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नम्बर ४ को ‘क’ मा यसअघि निर्वाचित ज्ञानेन्द्र यादवसहित शेषनारायण यादव, हरिनारायण यादव, बृजकुमार यादव, बजरंग यादव र पुण्यप्रताप यादवको नाम सिफारिस गरिएको भने ‘ख’ बाट दिनेश कुमार यादव र रामनरेश महतोको नाम सिफारिस गरिएको छ ।

पर्टीका जिल्ला अध्यक्ष पशुपति यादवले क्षेत्रीय समितिहरुले नाम प्रस्ताव गरेको बताए । उनले क्षेत्रले सिफारिस गरेको नाम जिल्लामा आएपछि थप छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?