+
+

पूर्वमेयरसहित जसपाका नेताहरु जनमत पार्टीमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १७:५२

१३ भदौ, बुटवल । लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वमेयर मनमोहन चौधरीसहित जनता समाजवादी पार्टीका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जसपाका केन्द्रीय सदस्य समेत रहेका चौधरीसहित जनता समाजवादी पार्टीको अनुशासन आयोगका राष्ट्रिय अध्यक्ष एवं‌ पूर्वसांसद नरसिंह चौधरी, राजेन्द्र गुप्तासहित नेता–कार्यकर्ता जनमत पार्टीमा आएका केन्द्रीय सचिव भोपेन्द्र यादवले जानकारी दिए ।

कपिलवस्तुमा आयोजित कार्यक्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले नवप्रवेशीहरुलाई पार्टी सदस्यता दिएर स्वागत गरेका हुन् ।

केही दिनअघि रुपन्देहीकै सम्मरीमाई गाउँपालिका पूर्व अध्यक्ष बब्लु शुक्ला पनि जनमतमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?