+
+

४ मंसिरको चुनावमा उम्मेदवारले सम्पत्ति विवरण पेश गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १८:३४

१३ भदौ, काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ ।

निर्वाचन आयोगले सोमबार सार्वजनिक भएको निर्वाचन आचारसंहिता अनुसार मनोनयन दर्ता गर्ने उम्मेदवारहरुले त्यसका साथमा सम्पत्ति विवरण तयार गरी सिलबन्दी रुपमा भर्नुपर्ने उल्लेख छ ।

आचारसंहितामा भएको व्यवस्था अनुसार, उम्मेदवारहरुले आफ्नो वैयत्तिक विवरणसमेत पेश गर्नुपर्नेछ ।

आयोगले उक्त सम्पत्ति विवरणलाई तीन स्वरुपमा प्रयोग गर्ने जनाएको छ ।

उम्मेदवार निर्वाचित भएमा निर्वाचन आयोगले निर्वाचित सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्नेछ ।

उम्मेदवार निर्वाचित नभएमा तर उसले पछि विवरण फिर्ता मागेमा निर्वाचन अधिकृतको कार्यालयले सम्पत्ति विवरण फिर्ता गर्नेछ ।

अनि उम्मेदवारले सम्पत्ति विवरण फिर्ता नगरेमा निश्चित अवधिपछि त्यसलाई धुल्याइने भनी आचारसंहितामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?