+
+

ग्रिनल्यान्ड, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १९:५६

१३ भदौ, काठमाडौं । आयोजक ग्रिनल्यान्ड, भ्याली पब्लिक र एन्जल्स हार्टले १५ औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा पहिलो भए ।

धापासीस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५५–३७ ले पराजित गर्‍यो । ग्रिनल्यान्डका दिवस भुजेलले २० अंक जोडे । सिनियर गल्र्समा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ६४–४९ ले हरायो । भ्याली पब्लिककी लोरिशा गौचनले १८ स्कोर गरिन् । जुनियर ब्वाइजको उपाधि भिडन्तमा एन्जल्स हार्टले ग्रिनल्यान्डमाथि २०–१७ को जित दर्ता गर्‍यो । एन्जल्स हार्टका प्रतीक कँडेलले २० अंक बटुले ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका विमल जागरी, सिनियर गल्र्समा भ्याली पब्लिककी लाक्षी गुरुङ तथा जुनियर ब्वाइजमा एन्जल्स हार्टका प्रतीक कँडेल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका दिवस भुजेल (८९ अंक), सिनियर गल्र्समा ग्रिनल्यान्डकी परी गुरुङ (४५ अंक) र जुनियर ब्वाइजमा लालीगुराँस नेसनल एकेडेमी (एलएनए) का रिदम अधिकारी (३३ अंक) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । सिनियर ब्वाइजमा भ्याली पब्लिकका छिरिङ नोडुप लामा तथा सिनियर गल्र्समा भ्याली पब्लिककी मुस्कान गुरुङ उत्कृष्ट थ्री प्वइन्टर चुनिए ।

विजेतालाई केन्द्रीय प्याब्सनका उपाध्यक्षद्वय कृष्णप्रसाद अधिकारी र थकिनकुमार गुरुङ, ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ ३ गतेदेखि सुरु प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजमा १६–१६ तथा सिनियर गल्र्समा १० टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?