+
+

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी अमेरिका भ्रमणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १३:२२
अमेरिका अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह ।

१४ भदौ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख अमेरिका भ्रमणमा निस्किएका छन् ।

नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालको टोली न्यूयोर्कमा हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिट (यूएनसीओपीएस) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

आईजीपी सिंहसँगै उनको भ्रमण टोलीमा सचिवालयका एसपी सविन प्रधान पनि छन् । अर्यालसँग सशस्त्र प्रहरी निरीक्षक केदार सापकोटा अमेरिका प्रस्थान गरेका छन् ।

दुवैको अनुपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निमित्त प्रहरी प्रमुखको जिम्मेवारी क्रमशः सहकुलबहादुर थापा र नारायणदत्त पौडेलले सम्हाल्नेछन् । न्यूयोर्कमा आयोजित कार्यक्रम १५ देखि १७ भदौसम्म चल्नेछ ।

दुवै प्रहरी प्रमुखलाई विमानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले विदाइ गरेका थिए ।

सम्मेलनमा संयुक्त राष्ट्र संघको शान्ति सेना, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि संयुक्त राष्ट्र संघका प्राथमिकता लगायतका विषयमा छलफल हुने भनिएको छ ।

महानिरीक्षक सिंहले सोही अवसरमा अन्य देशका प्रहरी प्रमुखसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाट र सुरक्षा मामिलाका विषयमा कुराकानी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?