+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

डलर प्रिपेड कार्डबाट क्यासिनोदेखि धार्मिक संगठनलाई भुक्तानी गर्न रोक

नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्डबाट गर्ने भुक्तानीमा कडाइ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १८:०९

१४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्डबाट गर्ने भुक्तानीमा कडाइ गरेको छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाले मंगलबार एक परिपत्र जारी गर्दै विभिन्न १० वटा मर्चेन्ट क्याटागोरी कोडमा उक्त कार्डबाट भुक्तानी गर्न नसकिने व्यवस्था गरेको हो ।

जसअनुसार मर्चेन्ट क्याटागोरी कोड डलर प्रिपेड कार्डबाट हुने भुक्तानीहरु वायर ट्रान्सर्फर, बीम सेवाको डाइरेक्ट मार्केटिङ, स्ट्याम्प र क्वाइनको भुक्तानी गर्न नसकिने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै वित्तीय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट), वित्तीय संस्थाको व्यापार तथा सेवा, गैर बैंक तथा वित्तीय संस्थाहको विदेशी मुद्रा, मनि अर्डर यात्रुको भुक्तानी डलर कार्डमार्फत भुक्तानी पनि डलर प्रिपेड कार्डमार्फत गर्न राष्ट्र बैंकले रोक लगाएको हो ।

धितोपत्र दलाल/डिलर्स, बीमा बिक्री, अन्डराइटिङ तथा प्रिमियम, रियल इस्टेट एजेन्ट तथा म्यानेजर (रेन्टल) वाणिज्य बैंकहरुलाई हुने भुक्तानी, स्टोरहरुको कार्ड खरिद तथा लोडिङ, विविध सेवा तथा वस्तु (अति जोखिम खालका), क्यासिनो, घोडा तथा कुकुर दौड, सबै प्रकारका जुवा, कुनै पनि प्रकारका राजनीतिक दल तथा धार्मिक संगठनलाई उक्त कार्डमार्फत भुक्तानी गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले डलर प्रिपेड कर्डमार्फत १८ वटा भुक्तानीमा प्रतिबन्ध लगाएको हो । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत् विदेशबाट वस्तु तथा सेवा खरिद बापतको भुक्तानी प्रयोजनका लागि ५०० डलर बराबरको प्रिपेड कार्ड जारी गर्न वाणिज्य बैंक र विकास बैंकलाई स्वीकृति दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?