
१४ भदौ, काठमाडौं । पाँचौ तथा निर्णायक टी२० खेलमा नेपालले घरेलु टोली केन्यालाई जितका लागि १९६ रनको लक्ष्य दिएको छ ।
नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर १७५ रन बनाएको हो ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । झण्डै तीन वर्षपछि टी-२०आईमा अर्धशतक प्रहार गरेका ज्ञानेन्द्रले ५९ रन बनाए । यस्तै रोहित पौडेलले ४७ रन जोडे ।
अर्जुन साउदले २९ र दीपेन्द्र सिंह ऐरीले २२ रन बनाए । शृंखलामा पहिलो पटक टस जितेर ब्याटिङ गरेको नेपालले ओपनिङ जोडीदेखि ब्याटिङ अर्डरमा परिवर्तन गरेको थियो ।
ज्ञानेन्द्र मल्ल र अर्जुन साउदले ओपनिङ गर्दै अर्धशतकीय साझेदारी गरे । एकै शृंखलामा यो तेस्रो ओपनिङ जोडी हो ।
यसअघि दुई खेलमा आसिफ शेख र पवन सर्राफ तथा दुई खेलमा पवन सर्राफ र अर्जुन साउदले ओपनिङ गरेका थिए । ज्ञानेन्द्र र अर्जुनले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।
२१ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा २९ रन बनाएर अर्जुन आठौं ओभरको अन्तिम बलमा आउट भए । त्यसपछि तेस्रो नम्बरमा दीपेन्द्र सिंह ऐरीले तेस्रो नम्बरमा ब्याटिङ गरे । ज्ञानेन्द्र र दीपेन्द्रले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे । दीपेन्द्रले १८ बलमा २२ रन बनाए । लगातार ठुलो सट खेल्ने चक्करमा ज्ञानेन्द्र १५औं ओभरको दोस्रो बलमा आउट भए ।
ज्ञानेन्द्रले ४४ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाए । शृंखलामा पहिलो पटक पाँचौ नम्बरमा ब्याटिङ गरेका पवन सर्राफ १ रन बनाएर आउट भए । त्यसपछि रोहित पौडेलले नेपालको इनिङ्सलाई अघि बढाए । तर उनी अर्धशतक बनाउनबाट ३ रनले चुके । इनिङ्सको तेस्रो अन्तिम बलमा आउट भए । आदिल बलम ४ र विवेक यादव २ रनमा आउट भए । करण केसी २ रनमा अविजित रहे । केन्याका लागि शेम एद्दगोचे, नेहेमिह ओडिएम्बो र भिराज पटेलले २-२ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4