+
+

अन्तिम खेलमा जितसँगै टी-२० सिरिज नेपालको पक्षमा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १९:३१

१४ भदौ, काठमाडौं । पाँचौ तथा निर्णायक खेलमा केन्यालाई ३१ रनले पराजित गरी नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको छ ।

१७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनाउन सक्यो । उसका लागि नेहेमी ओढियाम्बोले २२ बलमा ३७ तथा कप्तान शेम गोचेले १८ बलमा ३३ रन जोडे पनि खेल जिताउन सकेनन् ।

बलिङमा सन्दीप लामिछाने र वरिस अहमदले २–२ तथा करण केसी, आदिल आलम र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

यसअघि नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे । झण्डै तीन वर्षपछि टी-२०आईमा अर्धशतक प्रहार गरेका ज्ञानेन्द्रले ५९ रन बनाए ।

यस्तै रोहित पौडेलले ४७ रन जोडे । अर्जुन साउदले २९ र दीपेन्द्र सिंह ऐरीले २२ रन बनाए ।

सिरिजमा पहिलो पटक टस जितेर ब्याटिङ गरेको नेपालले ओपनिङ जोडीदेखि ब्याटिङ अर्डरमा परिवर्तन गरेको थियो । ज्ञानेन्द्र मल्ल र अर्जुन साउदले ओपनिङ गर्दै अर्धशतकिय साझेदारी गरे । एकै शृंखलामा यो तेस्रो ओपनिङ जोडी हो ।

यसअघि दुई खेलमा आसिफ शेख र पवन सर्राफ तथा दुई खेलमा पवन सर्राफ र अर्जुन साउदले ओपनिङ गरेका थिए ।

ज्ञानेन्द्र र अर्जुनले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । २१ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा २९ रन बनाएर अर्जुन आठौं ओभरको अन्तिम बलमा आउट भए । तेस्रो नम्बरमा दीपेन्द्र सिंह ऐरीले ब्याटिङ गरे । ज्ञानेन्द्र र दीपेन्द्रले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे ।

दीपेन्द्रले १८ बलमा २२ रन बनाए । लगातार ठूलो सट खेल्ने चक्करमा ज्ञानेन्द्र १५औं ओभरको दोस्रो बलमा आउट भए । ज्ञानेन्द्रले ४४ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गर्दै ५९ रन बनाए । शृंखलामा पहिलो पटक पाँचौ नम्बरमा ब्याटिङ गरेका पवन सर्राफ १ रन बनाएर आउट भए । त्यसपछि रोहित पौडेलले नेपालको इनिङ्सलाई अघि बढाए । तर उनी अर्धशतक बनाउनबाट ३ रनले चुके ।

इनिङ्सको तेस्रो अन्तिम बलमा आउट भए । आदिल बलमा ४ र विवेक यादव २ रनमा आउट भए । करण केसी २ रनमा अविजित रहे । केन्याका लागि शेम एद्दगोचे, नेहेमिह ओडिएम्बो र भिराज पटेलले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?