+
+

मोडल वाच : ‘टेक केयर’ गर्ने पुरुष रुचाउँछिन् सोफिया

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १६:५३

काठमाडौं । करिअरमा फोकस हुनुपर्ने भएकाले सोफिया भुजेललाई ब्वाइफ्रेण्ड बनाउने फुर्सद भएन । उनी अहिलेसम्म सिंगल छिन् । माया र टेक केयर गर्ने पुरुष उनलाई प्रिय लाग्छन् ।

अनलाइनखबरको स्टुडियोमा सोफिया फोटोसुट र गफगाफका लागि तयार भइन् । मिस युनिभर्स नेपालको उपाधि जितेपछि अहिले सोफियाको चर्चा चुलिएको छ ।

५ फिट ८ इन्च उचाइकी सोफियाको जीउडाल पनि आकर्षक छ । ३४-२५-३६ बीएमआई फिगरकी सोफिया उमेरले २६ पुगिन् । कालो कपाल र खैरो आँखावाली उनी काठमाडौंकी स्थायी बासिन्दा हुन् ।

मोडलिङ र परोपकार कार्यमा समेत संलग्न उनी ट्राभल, सपिङ, अध्ययन र खानाकी पारखी हुन् । बिजनेस म्यानेजमेन्टकी विद्यार्थी समेत रहेकी सोफिया ब्युटी पेजेन्टमार्फत देशको नाम चिनाउन चाहन्छिन् ।

आगामी वर्ष मिस युनिभर्सको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि अमेरिका जाने तयारीमा रहेकी उनी सन् २०१९ को मिस नेपाल प्रतियोगिताको फाइनलिस्ट समेत हुन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?